कोरियामा कामदार तलव वृद्धि

Avatar photo
Dhadingpost
असार ३१, २०७५

काठमाडौं, असार ३१ । दक्षिण कोरिया सरकारको पारिश्रमिक निर्धारण समितिको बैठकले कामदारको तलब १०.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।

यो निर्णयले इपिएसमार्फत दक्षिण कोरिया पुगेका नेपालीहरु समेत प्रत्यक्ष लाभान्वित हुने छन् । नेपालस्थित इपिएस कोरिया शाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार कार्यरत छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तलब वृद्धिको निर्णय इपिएससहितका कामदारको हकमा लागू हुनेछ । अब दक्षिण कोरियामा काम गर्ने कामदारको तलब प्रतिघण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर हुनेछ।