आज देखि एकसाथ चार सिनेमा प्रदर्शनमा

Avatar photo
Dhadingpost
असार २९, २०७५

काठमाडौं, असार २९ । सशस्त्र प्रहरीको कथामा आधारित सिनेमा ‘वीरागंना’ सँगै बाबु कान्छा, बोबी र यो पागल मन आजदेखि प्रदर्शनमा आएको छ।

उता मिलन चाम्सको निर्देशनमा तयार भएको सिनेमा ‘बोबी’ पनि आजैबाट प्रदर्शनमा आएको छ । वास्तविक जोडी उमेश थापा र कविता गुरुङ्गको प्रेम कथालाई यो सिनेमामा उतारिएको छ । सिनेमामा उमेश र कविता नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । बुधबार काठमाडौंको कुमारी हलमा सिनेमाको प्रिमियर गरिएको थियो जसबाट सिनेमाले प्रशंसा बटुल्यो । प्रिमियरमा प्रशंसा पाएपछि सिनेमाले राम्रो कारोबार गर्नेमा निर्माण पक्ष आशावादी रहेको छ ।

‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो सिनेमा प्रचार प्रचारमा त्यति ध्यान नदिएको पाइन्छ । अभिनेत्री शिल्पा र पृथ्वीराज प्रसाईँले केही अन्तर्वार्ताहरु दिए पनि सिनेमाका मुख्य कलाकार भनिएका अनुपले प्रचारको लागि समय नै दिएनन् । राजबहादुर सानेको निर्देशनमा तयार भएको यस सिनेमामा घोडा र बाँदरलाई समेत एक्शन अवतारमा प्रस्तुत गरिएको छ ।