रेडियोहरुले गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने

Avatar photo
Dhadingpost
असार २९, २०७५

काठमाडौ, असार २९ । रेडियोहरुले आउँदो आर्थिक बर्षदेखि गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने भएको छ । यो सम्झौता आउँदो साउनदेखि लागू हुने भएको छ ।

जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दर पनि तोकिएको छ । जसअनुसार १ सय वाटसम्मका रेडियोले वार्षिक २५ सय रुपैया, १ सयदेखि पाँचसय वाटसम्मका रेडियोले ४५ सय रुपैया, ५ सयदेखि १ हजार वाटसम्मका रेडियोले वार्षिक ८ हजार रुपैया र १ हजारभन्दा बढीका रेडियोले बार्षिक १२ हजार रुपैया रोयल्टी बुझाउनुपर्नेछ ।

यो सम्झौता आउँदो साउनदेखि लागू हुने र प्रत्येक पुस मसान्तभित्रमा रोयल्टी रकम सवै रेडियाहरुले बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

निजी रेडियोको संगठन बान, सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत, प्रस्तोता र संगीत उत्पादकको रोयल्टी संकलन गर्ने संस्था बीच रेडियोले गीत बजाएबापत रोयल्टी तिर्ने सम्झौता भएको वानका अध्यक्ष चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।