टिचिङ अस्पतालमा चिकित्सक हड्ताल, आकस्मिक बाहेक सबै सेवा ठप्प

Avatar photo
Dhadingpost
असार २९, २०७५

काठमाडौं, असार २९ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू हड्तालमा उत्रिएको छ ।

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनशनरत बसेका छन्। दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग वार्ता गर्ने प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन।

सरकारले बुधबार उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि त्यो असफल भएको थियो।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको हो।