काभ्रेमा चल्यो रुवाबासी,जताततै डुबान,राजमार्ग अवरुद्ध

Avatar photo
Dhadingpost
असार २८, २०७५

काभ्रे, असार २८ । बनेपाको पुण्यमाता र चण्डेश्वरी खोलामा आएको बाढीले सिनागाल, उग्रेस्वोर मन्दिर परिसर, खड्पु, ढलमले, पनौती क्षेत्र डुबानमा परेको छ ।

यस्तै वर्षाको कारण अवरुद्ध भएको रोशी गाउँपालिकाभित्रको बिपी राजमार्ग खुलेपनी अरु ठाउँमा राजमार्ग खुलाउने प्रयास चलिरहेको प्रहरीले जनाएको छ । रोशी १२ माम्ती, ११ कालढुंगा, ९ मंगलटार र ६ चार सय वेशीमा गएको पहिरो हटाएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले जानकारी दिनुभयो ।

बाढीले राजमार्गमा पर्ने पुण्यमाता खोलाको पुल छोपेपछि बिहानैदेखि बन्द रहेको सडकमा अहिले एकतर्फी रुपमा गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ ।