
धादिङ असार २७ । रियल म्याड्रिडका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड त्यागेको आधिकारिक घोषणा गरेका छन् ।
रोनाल्डो स्पेनिस क्लव रियल म्याड्रिडबाट ईटालियन क्लव युभेन्टस प्रवेश गरेका हुन ।
रोनाल्डो १ सय १२ मिलियन पाउण्डमा युभेन्टससंग अनुवन्धित भए सँगै रियल म्याड्रिडले भनेका छन, यलसंगको ९ वर्षे लामो यात्रा टुंग्याउनुपर्दा असाध्यै पिडा भएको महसुस गरेका छन । उनले भनेका छन-
रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए । यस क्लब र यस शहरप्रति ममा सधै आभारीको भावमात्रै रह्यो । मलाई माया र सद्भाव देखाउने सबैप्रति कृतज्ञ छु ।
मलाई के लाग्लायो भने यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग म अनुरोध गर्दछु कि कृपया मलाई बुझिदिनुहोस् ।
यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन, लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्हो पनि ।
किनकी, रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर, यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन ।
मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ।
व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ । यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु ।
रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो । त्यसैकारण पनि म क्लब, क्लबका अध्यक्ष, निर्देशकहरु, सहकर्मी, प्राबिधिकहरु, चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु ।
