बाजुरा, असार २७ । आठ महिनादेखि अतिरिक्त समय र सट्टा विदाको समयमा काम गरेको भत्ता नपाएको भन्दै स्वास्थ्य सेवा ठप्प पारेपछि स्थानीय समस्यामा परेको छ ।
बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुले आकस्मिक बाहेकका सवै सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका छन् ।
स्थानीय तह हुनुभन्दा पहिले अत्तिरिक्त समय काम गरेको भत्ता पाउने गरेपनि स्थानीय तहले भत्ताको व्यवस्था नगरेको स्वास्थ्यकर्मीको आरोप छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम अधिकारीले भने नेपाल सरकारले भत्ता खुवाउन पैसा नदिएको र नगरपालिकाले खुवाउन सक्ने अवस्थामा नरहेकाले समस्या भएको बताए ।
आफूहरुले गरेको अतिरिक्त काम र अन्य भत्ता नपाएपछि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्न बाध्य भएकोे स्वास्थ्य केन्द्रका डाक्टर विजय शाहले बताए ।

