तराईमा आएको बाढी र पहिरोले ५० जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार २७, २०७५

काठमाडौं, असार २७ । वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोले ५० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो, डुबान र चट्याङबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन परिचालन गरिएको गृहले जनाएको छ । बाढी तथा पहिरोले पुर्‍याएका अवरोध हटाएर वैकल्पिक उपाय अवलम्बन गरिएको गृहको भनाइ छ ।

गृहका प्रवक्ता सुवेदीका अनुसार बाढी र पहिरोको सम्भावित क्षतिलाई रोक्न सुरक्षा एकाइ र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको छ ।

असार १८ देखि देशका विभिन्न स्थानहरुमा परेको अविरल वर्षाका कारण ५० जनाको ज्यान गएको मन्त्रालयले बताए पनि कुन जिल्लामा कतिको ज्यान गयो भन्ने खुलाएको छैन ।

जना अझै बेपत्ता छन् । बाढीमा बगाएर तथा पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् । गृहले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

तराईमा बाढी पछिको डुबान र पहाडमा गएको पहिरोले २२ जना व्यक्तिहरु घाइते भएका छन् । उनीहरुको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।