काठमाडौं, असार २६ । सोमबार निधन भएका आफ्ना बुबा डा.टिका शर्मा (खनाल) को पार्थिव शरीरमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले दागबत्ती दिएको छ ।
डा. शर्माको ७७ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहान ८ बजेर ४५ मिनेट जाँदा निधन भएको हो ।
डा. शर्माको अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
लामो समयदेखि विरामी रहेका डा. शर्माले भारत तथा नेपालमा विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए । उनलाई नेपाल एपीएफ अस्पतालले रिफर गरेपछि उपचारको लागि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
ग्राण्डी अस्पतालबाट उनको पार्थिव शरीरलाई काठमाडौ महानगरपालिका–१० स्थित निजी निवासमा ल्याई ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिएको थियो ।
