जीप दुर्घटनामा परी १ जनाको मृत्यु, ९ जना घाइते

Avatar photo
Dhadingpost
असार २६, २०७५

काठमाडौं, असार २६ । याङबर गाउँपालिका ३, चैतेभीरमा जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

पाँचथरम जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मंगवलबार बिहान जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।