सञ्जय देवकोटा,
धादिङ असार २६ । धादिङ र गोरखामा राहात तथा मुअब्जा वितरणका अनुमति पाएका बैकहरु बीच नै आरोप प्रत्यारोप हुने गरेको छ ।
डुवान क्षेत्रका सर्वसाधारणहरुले वाणिज्य बैकका कारण अन्य बैकहरुले समेत छिटो छरितो काम हुन नसकेको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारीको समेत ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले वाणिज्य बैकं धादिङले ढिला सुस्ती गरेको अरुबैकलाई पनि कामकार्वाही गर्न नदिएको आरोप समेत प्रमुख जिल्ला अधिकारी सामु राखेका थिए ।
यसै बीच राष्ट्रिय वाणिज्य बैकंका प्रबन्धक अनिरुद्र उपाध्याय भन्छन् कतिपय नीजि बैकंहरुले मर्यादा तथा सामाजिक उत्तरदायित्व भूलेर राष्ट्रिय वाणिज्य बैक प्रति गलत प्रचार गरे हाम्रोे गम्भिर ध्यानाकर्षण भएको छ ।
बुढी गण्डकी परियोजना प्रभावितहरुको मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैकंको खातामा आउने भएकाले उक्त रकम असार मसान्तसम्म नझिके फ्रिज भएर सरकारको खातामा फर्किन्छ, सो खातामा व्याज पाइन्न भन्ने जस्ता भ्रमहरु कतिपय नीजि बैकंहरुले छरेको समेत उनले बताए ।
प्रबन्धक उपाध्याय भन्छन् नीजि बैकं तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारी तथा आफ्ना सवारी साधन प्रयोग गरी गाउँबाट स्थानीय प्रभावितहरु झिकाइ राष्ट्रिय वाणिज्य बैकंको खातामा रहेको रकम निकालेर आफ्नो बैकं तथा वित्तिय संस्थामा रकम जम्मा गर्न लगाउने गरेको पाईएको छ ।
अब कसैले गलत तरिकाले स्थानीय प्रभावितहरुलाई विभिन्न प्रलोभन देखाइ यस्तो कार्य गरेको पाइएमा कारबाहीको लागि नेपाल राष्ट्र बैकं तथा अन्य निकायमा लिखित जानकारी गराइ कारबाहीको दायरामा ल्याउने छौ उनले भने ।
राष्ट्रिय वाणिज्य बैकंमा रहेका सम्पूर्ण प्रभावितहरुको खातामा अन्य बचत खाता सरह ब्याज पाइने, रकम आवश्यकता अनुसार जहिले र जति पनि झिक्न मिल्ने, पूर्ण रुपमा सरकारी स्वामित्वको बैंक भएकाले विश्वसनीय र भरपर्दो हुने भएकाले प्रभावितहरुलाई कुनै पनि भ्रममा नपर्न र ढुक्क भएर आफ्नो रकम राष्ट्रिय बाणिज्य बैकंमा सुरक्षित तरिकाले राख्न प्रबन्धक अनिरुद्र उपाध्याय अपिल समेत गरेका छन् ।
