युएई असार २६ । नेपालमा दर्शकले मन पराएको चलचित्र ‘ शत्रु गते ’ संयुक्त अरब ईमिरेट्सका १५ सहरहरुमा देखाइने भएको छ ।
सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ १२ जुलाईका दिन युएईको दुबई , अबुधाबी, अजमान, रसअलखेमा, फुजेराह लगायत १५ शहरहरुका सिनेमा हलमा देखाइन लागेको हो ।
प्रदीप भट्टराई निर्देशित चलचित्र मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।
युएईमा गत २०१६ अक्टोबर १४ तारिक देखि नेपाली चलचित्र नियमित प्रदर्शन सुरु भएको थियो । बिरबिक्रम , छक्कपन्जा ,जात्रा , लुट २ , सकुन्तला लगाएतका नेपाली चलचित्र पर्दशनी भए पछि बिभिन्न कारणले युएईमा नेपाली चलचित्र पर्दशनी स्थगित भएको थियो
