गुफामा फसेका बालकहरु निकालिँदै

Avatar photo
Dhadingpost
असार २५, २०७५

काठमाडौं, असार २५ । थाइल्याण्डको एक गुफामा वर्षाले गर्दा फसेका बालकहरु सोमबारसम्म सबै निकालिने गरी तयारी थालिएको छ ।

आइतबार फसेका १३ जनामध्ये ४ जनामात्र निकालिएको थियो ।

सोमबार सकभर सबैलाई निकाल्ने गरी अप्रेशन थालिएको पनि उद्धार टोलीको योजना छ । यो अप्रेशनमा अमेरिका, बेलायत, जापान, चीन, अष्ट्रेलिया लगायत ९० गोताखोर सहभागी छन् ।

हजारौंको संख्यामा प्रत्यक्ष परोक्ष सहभागीता रहेको बताइएको छ । गत जुन २३ तारिखमा गुफा हेर्न गएका उनीहरु भारी वर्षापछि आएको बाढीमा फसेका थिए ।

उनीहरुको उमेर ११ देखि १६ वर्ष छ । प्रशिक्षक २५ वर्षका छन् ।

१६ दिनदेखि थाइल्याण्डको गुफामा फसेका १२ खेलाडी र एक प्रशिक्षकमध्ये १२ घण्टाको विशेष अप्रेशनपछि ४ जना निकालिएका थिए ।