चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

Avatar photo
Dhadingpost
असार २१, २०७५

चितवन, असार २१ । वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको छ ।

चितवनको सौराहाबाट दैनिक ४३ वटा, कसराबाट १०, मेघौलीबाट सात र नवलपुरको अमलटाँरीबाट पाँचवटा जिपले पर्यटक सफारी गराउने गरेका थिए । बन्द भएको जिप सफारी असोजको दोस्रो सातादेखि पुनः सुरु हुने अर्यालले बताए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पछिल्लो समय पर्यटक बोकेका जिप बाटोमा फसेर उद्धारसमेत गर्नुपर्ने भएपछि असार १५ गतेदेखि बन्द गरिएको हो । जंगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस् भनेर पनि यतिबेला सफारी बन्द गरिएको आर्यालले बताए । गत वर्षमा पनि यो समयमा जिप सफारी बन्द गरिँदै आएको थियो ।

भदौको अन्तिम साता मनसुन सकिएपछि झाडी फाँड्ने, भत्किएको बाटो मर्मत गर्ने, पुल मर्मत गर्ने, ढलेका रुख उठाउनेलगायतका काम गरेर पुनः जिप सञ्चालन गरिने उनले बताए ।