इंग्ल्याण्डले कोलम्बियालाई हरायो

Avatar photo
Dhadingpost
असार २१, २०७५

एजेन्सी, असार २१ । इङ्ल्याण्ड र कोलम्बियाबीचको खेलमा इङ्लिस टोलीले पेनाल्टी मार्फत कोलम्बियालाई हराएको छ ।

इन्जुरी टाइममा कोलम्बियाले बराबरी गोल फ्रकाएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा इङ्ल्याण्ड ४÷३ ले विजयी भएको छ ।

टाइब्रेकर कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो। जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो ।

पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो ।

क्वाटरफाइनलमा उसले स्वीडेनको सामना गर्नेछ ।

मंगलबार अबेर राती सम्पन्न भएको खेलमा पेनाल्टीबाट इङ्लिस टोलीलाई खेल सुम्पनुअघि कोलम्बियाले खेलको ९३ औं मिनेटमा गोल गर्दै लगभग इङ्ल्याण्डको पक्षमा गइसकेको खेलमा रोचक पुनरागमन गरेको थियो । एरी मिनाले कोलम्बियाका लागि सो बराबरी गोल गरेका थिए ।

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ । इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन् ।