स्याङ्जा, असार २१ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापालाई ज्वाइँले रड प्रहारगर्दा मृत्यु भएको छ ।
ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। फिस्टेल अस्पताल पोखरामा उनको उपचार भइरहेको छ । रड प्रहार गर्ने मृतकका ज्वाइँ थापालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। साससुरामाथि आक्रमण गर्नुको कारणबारे प्रहरीले खुलाएको छैन।
स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापालाई ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गरेका थिए। छड प्रहारका कारण गम्भीर घाइते भएका उनको उपचारका क्रममा पोखरास्थत एकअस्पतालमा बुधबार मृत्यु भएको हो।
