नेकपा बिशेष सचिवालय बैठक सामान्य छलफलमै टुंगियो

Avatar photo
Dhadingpost
असार २०, २०७५

काठमाडौं, असार २० । नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने १० बजेदेखि शुरू भएको छ ।

बैठकमा पार्टीको विधान, नियमावली राजनीतिक प्रतिवेदन र जनवर्गीय संगठनको एकता बारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएको छैन ।

आजको बैठकमा पार्टीको विधान, नियमावली राजनीतिक प्रतिवेदन परिमार्जन बारेमा निर्णय हुने अपेक्षा गरिएको थियो । बैठकमा स्थायी समितिको कार्य सूची बारेमा बेहीबेर छलफल भयो तर त्यस बारे निर्णय भने भएन । बैठकमा सहभागी बिशेष सचिवालय पदाधिकारीहरुले अधिकाँश समय प्रधानमन्त्रीको चीन भ्रमण, डा। गोविन्द के।सीको अनसन र अविरल वर्षाको कारण मुलुकको विभिन्न ठाउँमा आएको बाढी र पहिरो बारे मात्र छलफल गरेको सहभागी एक नेताले बताउनु भयो ।

यी बिषय बिहिबार अध्यक्षद्वय के।पी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गरी त्यसपछि मात्र टुंग्याउने निश्कर्षमा पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

नेकपाको ९ सदस्यीय बिशेष सचिवालयमा अध्यक्षद्वय के।पी ओली तथा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा बादल हुनुहुन्छ ।