जापानविरुद्ध बेल्जियम खेलमा फर्कियो

Avatar photo
Dhadingpost
असार १९, २०७५

मङ्लबार, असार १९, । पाँच मिनेटको फरकमा २ गोल गर्दै रसियामा जारी विश्व कप फुटबलको छैटौं प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध बेल्जियमले खेलमा फर्केको छ ।

रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको हो ।

लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो । तर, सफल हुन सकेन । कप्तान इडेन हाजार्डका प्रहार पोष्टमा लागेर फर्केको थियो । दबाबमा परेको बेल्जियमविरुद्ध ताकासी इन्युले ५२ औं मिनेटमा अर्को गोल थपेका थिए । यो खेलको विजेताले ब्राजिलसँग क्वार्टरफाइनल खेल्नेछ ।

परिवर्तित खेलाडी फेलानीले हेडमार्फत गोल गरेका थिए । त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिस गरेका छन् । पहिलो हाफमा बेल्जियमले खेलमा पकड जमाएपछि दोस्रो हाफ भने निकै रामाञ्चक रुपमा अघि बढेको छ ।

दोस्रो हाफ सुरु भएको सात मिनेट भित्र बेल्जियमविरुद्धको विश्व कप प्रिक्वार्टरफाइनलमा जापानले २–० को अग्रता लिएको थियो । जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा गरेका थिए ।