नयाँ भवनमा पढ्न पाउदा विद्यार्थीहरु खुसी

Avatar photo
Dhadingpost
असार १६, २०७५

सरगम राना
धादिङ असार १६ ।
नेत्रवती डबजोङ गाउँपालिका ५ नं. वडामा रहेको श्री महेन्द्र बाराही माध्यमिक विद्यालय त्यसैगरी सोही गाउँपालिकाको ४ नं. वडामा रहकोे श्री कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीहरु नयाँ भवनमा पढ्न पाउँदा निकै खुसी भएका छन् ।
नेपाल रेडक्रस सोसाईटी भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले उक्त विद्यालयहरुलाई ४ कोठे पक्की भवन बनाइदिए सगै उनीहरु खुसी भएका हुन् ।

विद्यालय नयाँ भवन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष सन्जिव थापा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य विष्णुराज नेपाल, नेपाल रेडक्रस सोसाइटी धादिङका अध्यक्ष सीताराम कोइराला, शिक्षा विकास तथा समन्वय इकाई धादिङका कृष्ण कुमार श्रेष्ठ, इपियस नेपालका राकेश धमला, सोही स्थानका वडा अध्यक्ष ,स्थानीय उपभोक्ताहरु, प्राविधिक, स्थानीय नेताहरु लगायतको उपस्थितिमा योजना हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै इपियस नेपालका राकेश धमलाले रेडक्रसले गरेको काम नमुना योग्य भएको बताएका थिए । विकट बस्तीमा आएर गाउँका समस्या समाधानमा रेडक्रसले गरेको सहयोग प्रशंसनिय भएको धमलाले बताए ।

नेपाल रेडक्रस सोसाईटी केन्द्रिय अध्यक्ष सन्जिव थापाले गरिव दुखमा परेका व्यक्तिहरुलाई उद्धार र सहयोग गर्नको लागि नै आफ्नो संस्था स्थापना भएकाले धेरै समस्याहरु विकट गाउँमा भएपछि वडाले प्राथमिकताका आधारमा छनौट गरेका समस्याहरुमा रेडक्रसको साथ रहेको बताएका थिए ।