
धादिङ असार १६ । नीलकण्ठ नगरपालिका वडा नं ११, ज्यामरुंग, धादिङ्गका तिलक बहादुर थापा मगर रोटरी क्लब अफ् काठमाडौँ नर्थ इस्टमा अध्यक्ष चयन चएका छन् ।
नीलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष समेत रहेका थापामगरलाई गत बिहिबारका होटेल रयाडीशन काठमाडौँमा बसेको रोटरी क्लब अफ् काठमाडौँ नर्थ इस्टको अध्यक्षमा चयन भएका हुन् ।
नव गठित कार्यसमितिको जुलाइ १ देखि जून ३० सम्म १ वर्षको कार्यअबधि हुन्छ । उनको अध्यक्षतामा गठित कार्य समितिमा गोर्खाका रोटरियन डा. बिष्णु खनाल सचिवको रुपमा, नुवाकोटका रोटरियन गोविन्द थपलिया कोषाध्यक्षको रुपमा र धादिंगका रोटरियन राजेन्द्र धमला सहकोषाक्षको रुपमा रहेका छन् ।
थापामगरका अनुसार रोटरी एक अन्तरास्ट्रिय सामाजिक संस्था हो जसमा विभिन्न पेशा तथा व्यवसायमा रहेका व्यक्तिहरु आबद्ध छन् । स्वार्थ रहित सामाजिक सेवाको उद्देश्यले ११३ वर्ष अघि (सन् १९०५ फ्रेबुअरी २३) संयुक्त राज्य अमेरिकाको सिकागो भन्ने शहरमा यो संस्था स्थापना भएको हो । संसार भरि ३२००० जति रोटरी क्लबहरु छन् भने लगभग १५ लाखका हाराहारीमा यसका सदस्यहरु छन् । नेपालको सन्दर्भमा लगभग ११८ वटा रोटरी क्लबहरु र ४५०० जना जति रोटरियनहरु (सदस्यहरु) रहेका छन् ।
धादिङपोष्ट सँगको कुराकानीमा थापा मगर भन्छन्- मेरो आफ्नै प्रयास र क्लबको सक्रियतामा लगभग रु ७५ लाख हाराहारीको नुवाकोट र धादिंगमा ४ वटा सामुदायिक स्कुलहरुमा छात्र र छात्राको लागि ४ वटा अन्तर्रराष्ट्रिय मापदण्डको टोइलेट ब्लक बनाउदै छौ, जुन रोटरी फाउन्डेसन बाट स्वीकृत पनि भएर आइसकेको अवस्थामा छ, यसलाई हामीले मेरो १ बर्षे कार्यकाल भित्रनै सम्पन्न गर्ने लक्ष राखेका छौ ।
हामीले २ बर्ष अघि ज्यामरुंगमा ५ बर्ष देखि १५ बर्षका केटाकेटीहरुका लागि हार्ट स्क्रिनिंग ९मुटु परिक्षण० कार्यक्रम गरेका थियौ, २२०० जति बिद्यार्थीहरु त्यसबाट प्रत्यक्ष रुपमा लाभान्वित भए, जुन निकै प्रभाबकारी रहयो, त्यस्तै कार्यक्रम फेरि ल्याउनु पर्यो भन्ने स्थानीय अभिभावक, शिक्षक तथा बिद्यार्थीहरुका माग छ, त्यसैले त्यस्तै कार्यक्रम लैजानेकी भन्ने सोचमा छौ ।
महिलाहरुलाई लक्षित गरेर आर्थिक उपार्जनको कार्यक्रम पनि लैजान सकिन्छ कि भनेर हामीले सोच बनाएका छौ, यसको लागि हामीले ज्यामरुङ्गमा महिलाहरुको भेला गराएर एक चरणको मीटिंग पनि गरि सकेका छौ। त्यसैगरी बिद्यार्थीहरुको शैक्षिक गुणस्तर राम्रो होस् भने हेतुले शिक्षकहरुलाई तालिमको व्यवस्था गर्ने कि भन्ने सोचमा छौ।
