धादिङ बाेर्डिङकाे विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
असार १५, २०७५

सञ्जय देवकोटा
धादिङ, असार १५ । सबैको रोजाइको रुपमा रहेको धादिङ जिल्लाकै नमूना र उत्कृष्ट विद्यालय धादिङ आवासीय माध्यामिक विद्यालय भएकाले आवश्यक सम्पूर्ण सहयोग गर्ने शिक्षा विकास तथा समन्वय समिति धादिङका प्रमुख शिव प्रासद रेग्मीले बताए ।
२०७४ सालमा माध्यामिक शिक्षा परीक्षा एसइइमा उत्कृष्ट जिपिएका साथ उतृण विद्यार्थीहरुलाई सम्मान तथा स्वागत कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् ।

विद्यालयको शैक्षिक वातावरणबाट आफू प्रभावित भएकाले आफ्नो रुचि अनुसारका विषय अध्ययन गर्न विद्यार्थीहरुलाई रेग्मीले सुझाव समेत दिए ।
विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य कृष्ण प्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी एवं विद्यालयका सल्लाहकार भक्त लामा, कानुनविद विश्वराज अधिकारी, पत्रकार महासंघ धादिङका पूर्व सभापति राजेन्द्र प्रताप शाह, गणेश हिमाल क्याम्पसका निर्देशक भूपेन्द्र कुमार श्रेष्ठ, क्याम्पस प्रमुख ईश्वरी पाण्डे, विद्यालयका प्रधानाध्यापक हरि लम्साल, निर्देशक सुरेन्द्र शाह लगायतको विशेष आतिथ्यता रहेको थियो ।

जम्मा ४३ जना विद्यार्थीहरु समावेश भएको एसईई परीक्षामा ३.९५ जिपिए का साथ जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल अस्मिता लम्साल, ३.८५ जिपिए ल्याउन सफल कृपा सापकोटा र दुर्गा बास्तोला लगाएत विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई मायाको चिनोको साथै सम्मान गरिएको हो ।
विद्यार्थीहरुले एसईई मा देखाएको नतिजाले अझै अगाडि बढ्न हौसला प्रदान गरेको बताउदै विद्यालयका प्रधानाध्यापक हरि लम्सालले नयाँ ढ्ङ्गले अगाडि बढ्न उर्जा प्रदान गरेको बताउनु भयो । माध्यामिक तहमा अध्यापनरत शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।