काठमाडौं, असार १५ । अमेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको छ ।
क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।
संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय भने खुलाइएको छैन । आक्रमण गर्नुको कारण छिट्टै पत्ता लाग्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।
गोली लागेर पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको बीबीसीले जनाएको छ ।
प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, जसलाई यसअघि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको थियो ।
