एड्भान्सद्वारा एसईईका विद्यार्थीलाई सम्मान तथा विदाई

Avatar photo
Dhadingpost
असार १३, २०७५

धादिङबेसी असार १३ । जिल्ला सदरमुकाम धादिङबेसी स्थित एड्भान्स एकेडेमीले शैक्षिक वर्ष २०७४ को माध्यमिक योग्यता परीक्षा (एसईई) का विद्यार्थिहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी एसईई परिक्षामा विभिन्न ग्रेडिङ ल्याएका विद्यार्थीहरुलाई बधाई दिँदै विदाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख शिव रेग्मीले गरेका थिए ।

कार्यक्रममा यस शैक्षिक सत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत एवम् ०७४को नतिजा अनुसार प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत गर्दैै विद्यालयका प्रिन्सीपल गोविन्द बुढाथोकीले कक्षा ११ र १२ मा पनि भिन्न भिन्न किसिमका विषय अध्यापन गराउने भन्दै हालसम्म विद्यालयलाई साथ दिने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै एड्भान्स एकेडेमीले विश्व सँग प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा पद्धति अवलम्बन गरिएको बताउँदै आफ्ना नानीबाबुहरुको पढाई प्रति ढुक्क हुन आग्रह गरेका थिए ।

एड्भान्स एकेडेमी संचालन गरि रहेको एड्भान्स कम्पनी संचालक समिति अध्यक्ष अर्जुन गोरखालीको सभापत्विमा शिक्षक रामकुमार श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै शिक्षक शिक्षिका एवम् अभिभावकलाई समेत सम्मान गरिएको थियो ।