काठमाडौं, असार १३ । काठमाडौंको बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको छ ।
खोला किनारमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन ।
मृतकको सनाखत नभएको र अनुसन्धान सुरु गरेको पोखरेलले जानकारी दिए ।
बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् ।
