धादिङमा इमोबाट ठगी गर्ने दुई जना प्रक्राउ

Avatar photo
Dhadingpost
असार १२, २०७५

धादिङ असार १२ । मोवाइल एप्लिकेशन इमोबाट फोन गरि ठगी गर्ने २ जनालाइ जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ ।

राम बहादुरले गत जेठ ३० गतेदेखी असार ३ गतेसम्म गरि ४ लाख ५० हजार पठाएको र थप एक लाख मागेपछि प्रहरीको शरणमा गएका थिए ।

यहि आधारमा उनीहरुको खोजीमा रहेको प्रहरीले रुपन्देही जिल्ला लुम्विनी नगरपालिका वडा नं १ बस्ने ३५ वर्षिय सुरेश कुमार गौड र वडा नं ४ बस्ने वर्ष २८ को फतह मोहम्मद मुसलमान पक्राउ गरेको हो ।

राम बहादुरले पैसा पठाएका अन्य तीन जना आरोपीहरु भने अझै फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ठगहरुले चिठ्ठा परेको विस्वास दिलाउनको लागि गाडी लिन भारत आउनको लागि आवश्यक पर्ने कागजपत्रहरु समेत किर्ते गरि राम बहादुरलाइ पठाएका थिए ।