धादिङ असार १० । धादिङ जिल्ला मुलपानी निवासी रन्जन अधिकारी पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ मेगाहर्जको स्टेशन म्यानेजर बनेका छन् ।
पोखरा ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा संचालिन उक्त रेडियोको म्यानेजरमा नियुक्त भएका अधिकारी विगत १० वर्ष देखि पत्रकारितामा क्रियाशिल थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, धादिङ पोखरा जर्नालिस्ट सोसाइटीका अध्यक्ष समेत रहेका पोखरा संचार क्षेत्रका लाकेप्रिय धादिङका रन्जन अधिकारी यातायात पत्रकारिता पुरस्कार २०७३, पत्रकार जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भई सकेका छन् ।
