धादिङ, असार १० । उपचारको अभावमा दुई बर्षदेखि मधुमेहको समस्याबाट ओछ्यानमै थलिएका फुलखर्कका मोहन बहादुर अधिकारीलाई उपचारको लागी धादिङ समाज युएईले संकलन गरेको आर्थिक सहयोग बिरामीलाई आजै हस्तान्तरण गरिएको छ ।

बिरामीलाई सहयोग रकम हस्तान्तरण गर्दै धादिङपोष्टका प्रधान सम्पाद नारायण सिलवाल
धादिङपोष्ट डटकममा “फुलखर्कका मोहन उपचार खर्च नभएर २ वर्ष देखि ओछ्यानमा” शीर्षकको समाचार आएपछि धादिङ समाज युएईका सदस्यहरुबाट संकलित रकम २२ हजार २८२ रुपैया बिरामीलाई हस्तान्तरण गरिएको हो ।
धादिङ समाज युएईले पठाएको रकम धादिङपोष्ट डटकममा प्रधान सम्पादक नारायण सिलवालले टिचिङ हस्पिटलको ईमरजेन्सी वार्डको २५ नं बेडमा रहेका बिरामी अधिकारीलाई भेटेर नै हस्तान्तरण गरेका हुन ।

धादिङपोष्ट डटकममा समाचार प्रकाशित भएपछि अधिकारीको लागी मकाउबाट प्रजुन अधिकारीले पनि सहयोग संकलन गरिरहेको समाचार प्राप्त भएको छ । त्यसैगरि स्वदेश तथा विदेशका विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ ।
अहिलेसम्म विभिन्न व्यक्तिहरुबाट संकलित रकमको बिबरण यसप्रकार छ ।


