नेकपा नेता गंगालाल तुलाधरलाई मातृ शोक

Avatar photo
Dhadingpost
असार ८, २०७५

धादिङ असार ८ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गंगालाल तुलाधर र शिक्षक संगठनकी नेत्री कमला तुलाधरलाई मातृ शोक परेको छ ।

पूर्व शिक्षा मन्त्री समेत रहेका नेता गंगालाल तुलाधरको आमा धनलक्ष्मी तुलाधरलाई विहिबार हस्पिटलले उपचारमा कठिनाई रहेको भन्दै डिस्चार्ज गरे सँगै ९० वर्षको उमेरमा शुक्रबार बिहान उहाँको निधन भएको थियो ।

सुरगर, अल्जाइमर, ब्रेन सम्बन्धी रोगले थला पर्नुभएकी धनलक्ष्मी तुलाधरलाई विगत ६ महिना अघि देखि अस्पताल मै राखिएको थियो ।