अल्जेरियाले परीक्षाको समयमा देशभरीको इन्टरनेट सेवा बन्द गर्ने

Avatar photo
Dhadingpost
असार ८, २०७५

एजेन्सी, असार ८ । अल्जेरियाले हाई–स्कुल परीक्षाको समयमा देशभरीको इन्टरनेट सेवा बन्द गर्ने भएको छ ।

अल्जेरिया सरकारले यो कदम परीक्षामा बढेको चोरी रोक्ने उद्देश्यले चालेको हो ।अब हाईस्कुल परीक्षाको हरेक विषयको परिक्षा शुरु हुना साथ एक घण्टाका लागि मोबाइल र फिक्स–लाइन दुबै खालको इन्टरनेट सेवा बन्द गरिनेछ ।

अल्जेरियामा जून २०–२५ मा हाईस्कूल परिक्षा हुँदैछ । यस परीक्षा अवधिभरि इन्टरनेट सेवा बन्द जारी रहनेछ ।