
धादिङ असार ८ । धादिङबेसीबाट कालो चामल र कालो धानको विऊ वितरण गर्दै आएको होलिस्टिक हेल्थ धादिङको प्रमुख सुसिला रिजालले कालो धानको खेती गर्ने विधि पनि अन्य धान जस्तै बताउँ छिन् ।
बहुगुणकारी यो धान (चामल) आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ। बेर्ना सारेको ९० दिनभित्र यो धान पाकिसक्छ।स्थानीय तवरले खेती गर्दा अन्य धान सरहनै फल्छ । एसआरई पद्धतिको प्रयोग भएमा दोब्बर फल्ने पनि रिजालले बताईन् ।
रोगसँग लड्ने क्षमता बढी भएको दुर्लभ यो जातको यो धानको चामलको रङ् कालो हुन्छ । यस कालो धानको पराल अन्दाजी २ फिट हुने गर्छ ।
आठ हजार वर्ष पहिले चीनमा खेती हुने गरेको यो जातको धान पाँच वर्ष पहिलो मात्र नेपालमा भित्रिएको हो । धादिङमा पनि यो धानको खेती गर्न सकिने हुँदा बीऊ विक्रि गरिएको उनले बताईन् ।
यो चामलमा एण्टीअक्सिडेन्टसको मात्रा ब्लुबेरी भन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुको कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो । यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन निकै लाभ पुयाउछ ।
कालो चामलले पाचन प्रणाली सुधार्ने लगायत धेरै रोगहरुको उपचारमा सहयोग गर्ने रिजाल बताउँ छिन् । धादिङमा उत्पादन भएको कालो धन वा कालो चामल होलिस्टिक हेल्थ धादिङले नै खरिद गर्ने गरि विउ वितरण गरिएको समेत उनले बताई ।
