विश्व कप हेर्दा दुईपक्षबीच भएको विवादमा चक्कु प्रहार

Avatar photo
Dhadingpost
असार ८, २०७५

मोरङ, असार ८ । उर्लाबारी– ५ स्थित एरोमा होटलमा बिहीबार राति अर्जेन्टिना भर्सेस क्रोएसियाको खेल हेरिरहँदा दुईपक्षबीच भएको विवादमा चक्कु प्रहार भएको छ ।

यद्यपी उनहरुबीच के विषयमा विवाद भएको हो भन्ने खुलिसकेको छैन । खेल सकिएपछि राति ३ बजे भएको विवादमा उर्लाबारी–३ का वडा सदस्य सचिन शाक्यले सोही वडाका विशाल तामाङमाथि चक्कु प्रहार गरेका हुन् ।

शाक्यको चक्कु प्रहारबाट तमाङ घाइते भएका छन् ।उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । चक्कु प्रहार गरेर फरार रहेका शाक्य भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।