काठमाडौँ, असार ८ । प्रशिक्षक सामपाओलीबारे टिप्पणी गरेर चर्चामा आएका लिजेण्ड डियगो क्रोसियासँग अर्जेन्टिना पराजित भएपछि भने भक्कानिदै रोएका थिए ।
अर्जेन्टिना क्रोयसियासँग पराजित भएपछि सबैभन्दा ठुलो पिडामा देखिए फुटबल लिजेण्ड डियगो म्याराडोना ।
भिआइपी स्थानबाट क्रोसिया र अर्जेन्टिनाको खेल हेरेका उनले खेल सुरु हुन पुर्व मेस्सीको जर्सी चुमेका थिए ।
उनले यसअघिको खेलमा भने भनेका थिए,’ यदी अर्जेन्टिना विश्वकपबाट बाहिरियो भने सामपाओली अर्जेन्टिना नफर्के पनि हुन्छ ।’
प्रशिक्षकभन्दा उनी बढी तनाबमा देखिन्थे । सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउन सफल म्याराडोनाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
