काठमाडौं, असार ८ । पहिलो खेलमा ब्राजिलविरुद्ध सानदार खेल प्रदर्शन गरेको स्वीजरल्याण्डले आज राति सर्भियासँग आमने सामने गर्नेछ ।
सर्भियाले पहिलो खेलमा कोस्टारिकालाई १० गोलले पराजित गर्दै तीन अंक सुरक्षित गरेको थियो । अर्को चरणमा पुग्नका लागि सर्भियाले बराबरी खेल खेले पनि बलियो सम्भावना रहने तथा स्वीजरल्याण्डलाई भने खेल जित्नै पर्ने दबाब रहेको छ । स्वीजरल्याण्डको एक अंकमात्र रहेको छ । विश्वकपमा यी दुई देशको पहिलो खेल हो । युगोस्लोभाकिया टुक्रिएपछि स्वतन्त्र बनेको सर्भियाले पछिल्लो समय बलियो खेल प्रदर्शन गर्दै आइरहेको छ ।
