फुलखर्कका मोहन उपचार खर्च नभएर २ वर्ष देखि ओछ्यानमा

Avatar photo
Dhadingpost
असार ७, २०७५

धादिङ असार ७ । धादिङको गंगाजमुना गाउँपालिका वार्ड नम्बर ५ फुलखर्क किन्ताङका मोहन अधिकारी उपचार खर्च जुटाउन नसक्दा २ वर्ष देखि ओछ्यानमा छन् ।

लाल बहादुरको छोरा बर्ष ३८ का मोहन बहादुर अधिकारी (राजु) आर्थिक अवस्था नाजुक भएका कारण मधुमेह रोग को उपचार गर्न नसक्दा दुई वर्ष देखि ओछ्यान मै थन्कनु परेको हो ।

धादिङको फुलखर्क यस्तो ठाउँ हो, जहाँको मान्छे नेपाल कै सफल पर्यटन व्यवसायी ज्योती अधिकारी, उल्यख्य मात्रामा नेपाली सेना, प्रहरी जस्ता सरकारी निकायमा कार्यरत, अन्य अधिकाँशको पनि राम्रै आर्थिक अवस्था छ तर मोहनको भने आर्थिक अवस्था नाजुक भएकै कारण उपचार गराउन नसकेको भन्दा धेरैले पत्याउँदैनन् ।

उनै मोहनलाई गाउँमै केहि समाज सेवीहरुले १० हजार संकलन गरि काठमाडौ सम्म पठाउने बन्दवस्त गरेका छन् ।

आफुहरुले काठमाडौ पठाउने तयारी गरेको तर १० हजारले के गर्नु सक्दो सकेको सहयोग गरौ ३ छोरा छोरीको बुबा मोहनको उपचारमा स्थानिय जीवन अधिकारीले धादिङपोष्टलाई बताए ।

उनका अनुसार दिपक अधिकारी २०००, यज्ञ बानियाँ १०००, किरन धरेल १०००, बिनायक मैनाली ५००, अणिन्द्र अधिकारी १५००, कृष्ण नन्द पन्त ५०५, तोरन बहादुर अधिकारी १०००, मन्दिपा बुढा ५००, सरस्वती अधिकारी १०००, मनोज बि क ५०० रहेका छन् ।

विरामी मोहन बहादुर अधिकारी (राजु) को सम्पर्क नम्बर राजु ९८४९९०९७६२ हो । उनको उपचार सहयोगको लागि खाता नम्बर ००४००००७१४२१२ सानिमा बैंकमा सकेको सहयोग जम्मा गर्न सकिने छ ।