
धादिङ असार ७ । धादिङबेसीबाट ग्रामिण क्षेत्रमा संचालन हुने बसहरुले तोकिए भन्दा बढी भाडा लिने गरेका छन् ।
विहिबार धादिङबेसीबाट ११ किलो मिटर यात्रा गरेका धादिङका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मात्रम छत्कुलीलाई १५० भाडा लिईयो ।
११ किलो मिटर कै भाडा १५० कहिले देखि भयो भनेर जिज्ञासा राख्दा उल्टै जान मन नभए नजानु तपाईको भाडा रकम टिकटमा उल्लेख छ भनेर सहचालकले हप्काएको छत्कुलीले धादिङपोष्टलाई बताए ।
समितिले धादिङबेसी देखि नीगालपानीको भाडा रु.८० तोकेको छ । तर बस संचालकहरु आफुखुसी टिकट काटेरै १५० भाडा लिँदै आएका छन् ।
यस विषयमा प्रहरीलाई खवर गरिएको र समितिलाई पनि खवर गराएँ बस भित्र उल्टै सहचालकले प्रहरी सँग कुरा मिलाएर भाडा लिएको हो कस्ले प्रहरीलाई खबर गर्यो भन्दै जंगिए । यसरी बैधानिक रुपमै टिकट काटेर यात्रु ठगिने गरेको छत्कुलीले बताए ।

