लड्दै थे पहिले त बाम कसिए १ रम्दै छ नेपालमा
गर्छन् क्यै अब आखिरै समय हो बाँकी छ नेपालमा
चाहाना जब जाग्छ भित्र मनमा उद्दार का खातिर
लम्कन्छन् जनता विकास पथमा ठाडो बनाए शिर ।१।
काट्मारै अब बन्द होस सबमा सम्पन्नता हौस् अब
ढोका खुल्छ विकासका लहरले आशा गरौ के अब रु
भन्दिन्छन् नव रत्न बत्ति झललै खोजी हुनेछन् तर
अन्धो भो सरकार बन्द् बगलमा १ आखै नदेख्ने पर ।२।
नेपाली मनमा बसेर सबमा फूल्ने बनाए गरा
मिल्दो खोज बिचार फेरि जनमा रोपी जगाए जरा
बेर्ना रोप समाजवाद र विजको नौलो गरे हुन्न र रु
बिग्रियो अति देश आज कसरी तिम्रो कतै छुन्न र रु ।३।
कम्निष्टै जब छैन ती मनहरु १ ठूलो रवाफै भरे
ढाट्नै हुन्न सधै विचार गरिए १ झुट्टा कुराले हरे
सम्पन्नै पनि देखिने ल कसरी रु नेता भनौदा हरु
चर्को घामहरु बगेर पसिना मुर्छा परेका तरु ।४।
केलाएर कुरा बसेर गरिए, मिल्ने छ है बातले
मीठो शब्द गुनी मथेर जसरी खुल्ने गरे आँतले
बैध्धे बिप्लवका कुरा पनि सुनी वार्ता गरे हुन्नर १
एक्लोछन् अब बाबुराम बिचरा १ साथै लगे हुन्नर ।५।
शार्दूलविक्रीडित छन्द
शंकर सिलवाल
सिद्धलेक गापा १ धादिङ
