एजेन्सी, असार ७ । अमेरिकी राष्ट्रपतिले आफ्नो आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् ।
अब आप्रवासीका बच्चा उनकै परिवारसँग रहन दिने बाचा गर्दै ट्रम्पले एक आदेशमा हस्ताक्षर गरेका छन् ।
अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा लिइने पनि जनाइएको छ । तर आमाबाबुलाई हिरासतमा लिँदा बच्चालाई गलत प्रभाव पर्ने देखिएमा भने अलग्गै राखिने छ । बाबुआमासँग बिछोड भएका बच्चाको तस्वीरले आफूलाई बिचलित बनाएकाले पूर्व आदेश रद्द गर्न आदेश दिएको तर्क ट्रम्पले गरेका छन् ।
५ मे देखि ९ जूनसम्ममा २ हजार ३ सय भन्दा बढी बालबालिकालाई अलग गरिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । अमेरिकी सीमामा अवैध ढंगले प्रवेश गर्नेमाथि आपराधिक मुद्दा लगाएर जेल हाल्ने कानूनका कारण अमेरिकामै पनि विवाद बढेको छ ।
