विश्वकपमा आज तीन खेल हुँदै

Avatar photo
Dhadingpost
असार ७, २०७५

काठमाडौँ, असार ७ । रुसमा जारी २१ औ संस्करणको विश्वकपमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह सी बाट डेनमार्क र अष्ट्रेलियाबीच हुनेछ ।

विश्वकपमा आज समूह सी को दुई खेल हुँदैछ भने समूह डी को एक खेल हुँदैछ ।

डेनमार्क र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सामरा एरिनामा हुनेछ ।

रुस विश्वकपमा आजबाट समूह डी को एक खेल हुँदैछ । आज राति हुने खेलमा अर्जेन्टिना र क्रोएसियाले खेल्दैछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा नोभगोरोड स्टेडियममा सुरु हुनेछ ।

यस्तै यो समूहको दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति ८ः ४५ मा एकटेरियान स्टेडियममा हुनेछ ।