विश्वकप फुटबलमा आज राति तीन खेल हुँदै

Avatar photo
Dhadingpost
असार ५, २०७५

एजेन्सी, असार ५ । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आज राति पनि तीन खेल हुँदै छ ।

आजैराति पौने ९ बजे स्पार्कटक स्टेडियम मस्कोमा पोल्यान्डविरुद्ध सेनेगल मैदान उत्रदैछ । दुई टोलीबीचको खेललाई रोबर्ट लेवान्डोस्की र साडियो मेनबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ ।

रुस यो खेलमा पनि जित हात पार्दै प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ । यस अघि गएराति भएका खेलमा बेल्जियम, स्विडेन र इंङल्याण्ड विजयी भएको छ ।

यस्तै आजै राति हुने तेस्रो खेलमा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ । यी दुइ टोलीबीचको खेल पौने १२ बजे पछि सेन्टपिटर्सवर्ग स्टेडियममा हुनेछ ।

स्विडेनले कोरियामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो भने बेल्जियमले पानामा विरुद्ध ३–० को जित निकालको हो । यस्तै इंङल्याण्डले भने ट्युनिसियालाई २–१ ले पराजित गरेको हो ।