धादिङबेसीमा खानेपानी वितरणमा लापर्वाही (तस्वीर सहित)

Avatar photo
Dhadingpost
असार ४, २०७५

धादिङबेसी असार ४ । धादिङबेसी सदरमुकामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गरेको खानोपनीमा चरम लापर्वाही भएको घाम जस्तै छर्लङ्ग छ ।

सोमबार मात्र खानेपानी वितरण नगरेको भन्दै रित्तो ग्रागी र बोत्तलहरु सरसफाई उपभोक्ता समितिका अध्यक्षको टेबुलमा पुग्यो ।

धादिङपोष्टले पटक पटक धादिङबेसीमा वितरण खानेपानी वितरण गर्ने उपभोक्ता समितिर नगरपालिकाको ध्यानाकउष्ट गर्ने गरि समाचार प्रकाशित गर्दै आएको छ ।

आज हामीले धादिङबेसीमा वितरण हुने खानेपानी र बजारबासीले उपयोग गरि रहेका पानकिा अन्य मुलहरु कस्ता छन् सबै फोटोबाट देखाउने प्रयास गरेका छौ ।