
धादिङ असार ४ । उत्तरी धादिङको रुबीभ्याली गाउँपलिकाका अधिकाँश ठाउँहरुमा पाइने फलफुल खुर्पानी बजार नपाएर कुहिन थालेको छ ।
जेष्ठ असारमा पाक्ने खुर्पानी एकै बोटबाट हजारौ आम्दानी गर्न सकिन्छ, तर बजार अभावमा कुहिएको छ उत्तरी धादिङको खुर्पानी, उत्तरी धादिङको भ्रमण सकेर आएका रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।
श्रेष्ठका अनुसार लापा, तिप्लिङ, झार्लाङ, सेर्तुङ र रि लगायतका ठाउँहरुमा खुर्पानी बजार अभाव र भण्डारको ज्ञान नहुँदा कुहिरहेका छ ।
धादिङबेसी आसपासको क्षेत्रमा आलुचा, आलुबखडा नामले चिनीने उक्त खुर्पानी प्रति केजी १ सय रुपैयाँमा विक्रि वितरण हुने गरेका भएता पनि उत्तरी क्षेत्रको लोभलाग्दो हावापानीमा फलेको खुर्पानी लगायतका फलफुलहरुलाई गाउँपालिकाले समेत बजार प्रवद्र्धन गर्न कुनै योजना बनाएको देखिँदैन । धादिङपोष्टका लागि तस्वीरः नारायण कुमार श्रेष्ठ
