एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

Avatar photo
Dhadingpost
असार ४, २०७५

काठमाडौं, असार ४ । एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ । सबै उत्तर पुस्तिका सम्परीक्षण गरी नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको छ ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७० जना परीक्षार्थी सहभागि थिए ।

सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको जानकारी दिए ।