जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

Avatar photo
Dhadingpost
असार ४, २०७५

काठमाडौं, असार ४ । जापानमा आज विहान ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पमा परी ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको छ ।

जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।

भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ ।