तेरीयाले फिल्ममा डेब्यु गर्दै

Avatar photo
Dhadingpost
असार ३, २०७५

काठमाडौँ, असार ३ । चर्चित भारतीय डान्स रियालिटी शो डिआइडी कि बिजेता तेरिया मगरले नेपाली फिल्मी क्षेत्रमा डेब्यु गर्ने भएकीछिन् ।

हालसम्म नाम तय नभएको उक्त फिल्ममा तेरियाले कालुका छोरा बिर्जन मिजारसंग स्क्रिन सेयर गर्ने भएकीछिन् । फिल्ममा तेरिया र बिर्जनसंगै म्याक टेन कालु, रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहनेछ ।

भारतमा समेत निकै राम्रो फ्यानफलोईङ भएकी तेरियालाई बलिउड फिल्मबाट पनि अफरहरु आईरहेको चर्चा चलेको छ ।

डिआइडीसंगै झलक दिखलाजाको बिजेतासमेत रहेकी तेरिया बिषेश गरी देश तथा बिदेशका कार्यक्रमहरुमा निकै व्यस्त हुँदै आएकीछिन् । यसबीचमा ‘पटुकी’ बाट फिल्म निर्माणमा प्रबेश गरेका म्याक टेन कालुले निर्माण गर्न लागेको फिल्ममा उनले काम गर्ने पक्का भएको हो ।