राहत शिक्षक धादिङको अध्यक्षमा सागर लामिछाने

Avatar photo
Dhadingpost
असार १, २०७५

धादिङबेसी असार १ । धादिङबेसीमा भएको नेपाल राहत शिक्षक समिति धादिङको जिल्ला भेलाले शिक्षक सागर लामिछानेलाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको छ ।

नेपाल शिक्षक संघ धादिङको सभाहलमा शुक्रबार सम्पन्न भएको राहत शिक्षकहरुको जिल्ला भेलाले गल्छी गाउँपालिकाका शिक्षक लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।

जिल्ला संयोजक रामराज रिजालको सभापतित्वमा भएको भेलाले उपाध्यक्षमा जनार्दन नेपाल, उपाध्यक्ष राजेन्द्र कोइराला (दलित), महिला उपाध्यक्षमा जानुका खनाल, सचिवमा रामकुमार श्रेष्ठ, सहसचिवमा हिरा थापा, अर्थसचिवमा अर्जुन अधिकारी रहने गरि २२ सदस्यीय कार्यसमिति गठन गरेको शिक्षक जनक आचार्यले धादिङपोष्टलाई बताए ।

भेलाका प्रमुख अतिथि एवम् नेपाल राहत शिक्षक केन्द्रिय समितिका कार्यवहक अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुको समस्याका विषयमा सरकार गम्भीर बन्नु पर्ने बताएका थिए । भेलामा जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नात नेपाल, नेपाल राहत शिक्षक केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष खगन्द्र पौडेल लगायतको विशेष अतिथ्यता रहेको थियो ।

निर्वाचित सदस्यहरु नाम यस प्रकार रहेका छ

निर्मला दुवाडी
रामहरि पराजुली
तारा पाण्डे
दिनेश लुइटेल
सावित्री दुवाडी
विमन थापा
धनकुमारी लम्साल
देवकी रिजाल
शिवराज कडेल
बाबु आलेमगर
दपक सिटौला
शारदा तिमल्सिना
सुस्मिता पाण्डे
राजेन्द्र प्रसाद न्यौपाने
प्रकाश रिजाल