विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

धादिङबेसी जेष्ठ ३१ । विश्व रक्तदाता दिवसको अवसरमा धादिबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनको जन्म दिनलाई विश्व रक्तदाता दिवसको रुपमा मनाउँदै धादिङबेसी स्थित एड्भान्स एकेडेमी प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा १६ जना महिला र ३७ जना पुरुष गरि ५३ जनाले रक्तदान गरेका थिए ।

नेपाल युवा रेडक्रस सर्कल एड्भान्स एकेडेमीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ, रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखा धादिङ, नेपाल हृदय रोग निवारण प्रतिष्ठान धादिङ, रोटरी क्लव अफ धादिङ लगायत संघ संस्थाहरुलेसहयोग गरेका थिए ।