न्यूयोर्क र न्यूयोर्कमा हुने मिस नेपाल अमेरिकाका विभिन्न राज्य, क्यानडा र मेक्सिको लगायतका देशबाट २० जना भन्दा बढीको निबेदन प्राप्त भएको छ ।
मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।
पहिलो पटक हुन लागेको मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने छ । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्दैछ ।
मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने भएको छ । निबेदन दिने समय जुन २५ तारिख सम्म दिइएको छ ।
आगामी जुलाई १ तारिख अन्तिम चरणमा छनौटमा परेकाको नामावली घोषणा गरिने छ । निबेदन आएका मध्ये बाट छनौट गरिने र उनीहरु नै प्रतिस्प्रद्धामा मैदानमा उत्रने आयोजक समुहका सह संस्थापक रसभापति निराकार उप्रेती बताएका छन् । अगस्त ६–१० सम्म प्रशिक्षण हुने छ ।
बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरि दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्वितीय बिजेता उपाधि द्वारा सम्मान गरिने छ ।
बिस्तृत जानकारीको लागि info@missnepalna.com, www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् ।
