काठमाडौं, जेठ ३१ । सांसदहरुले खाद्य बस्तु लगायत दैनिक उपभोग्य सामानको बजार मुल्य आकासिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
सांसद उमा अधिकारीले संविधानको धारा ९१ मा सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्ने व्यवस्था गरेको भन्दै
संविधानको पालना कस्ले गर्ने हो रु भनि प्रश्न गरिन् । संविधानको कार्यान्वय गर्दै तत्काल पुन निर्वाचनको व्यवस्था गर्न उनले माग गरिन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले इन्धनको मुल्य संगै बजारमा कृतिम अभाव श्रृजना गराई दैनिक उपभोग्य सामानको मूल्य बढाउने काम भएको भन्दै प्रभावकारी बजार अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
त्यसैगरी मुस्लिम समुदायको पर्व इदको सार्वजनिक विदा गर्ने यसअभिको व्यवस्था कायमै राख्न पनि सांसदहरुले सरकारसंग माग गरेका छन् ।
सांसद अतहर कमाल मुसलमान र अमनलाल मोदीलेले मुस्लिमहरुको महान पर्व इदमा दिदै आएको सार्वजनिक विदालाई यथावत राख्न माग गरे ।
सांसद खगराज अधिकारीले बजारमा कृतिम अभाव श्रृजना भएको र सिण्डिकेट कायम रहेको भन्दै तत्काल बजार अनुगमन गर्न सरकारसंग माग गरे ।
सांसद गणेश सिंह ठगुन्नाले दार्चुला जिल्लामा २०७० सालमा महाकालि नदीमा आएको पाढीले क्षति भएको जिल्ला अस्पताल अहिले सम्म निर्माण नभएको भन्दै अबिलम्ब निर्माण प्रक्रिया अघि बढाउन माग गरे ।
सांसद अमन लाल मोदीले दैनिक खाद्य मुल्य आकासिएको भन्दै चर्को मुल्यवृद्धि कम गर्न अनुगमनलाई प्रभावकारी बनाउन माग गरे । सांसद अमरेश कुमार सिंहले दैनिक उपभोग्य बस्तुको आकासिदो मुल्यमा पनि गम्भीर नहुँदा सरकार आम नागरिकको माग प्रति गम्भीर नदेखिएको स्पष्ट भएको बताए ।
