धादिङबेसीमा मुल्य वृद्धि विरुद्धको जुलुसमा प्रहरी दमन

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

धादिङबेसी जेष्ठ ३१ । धादिङबेसीमा विद्यार्थीहरुले गरेको मुल्यबृद्धि विरुद्धको विरोध जुलुसमा प्रहरीले बल प्रयोग गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध नेविसंघ धादिङले धादिङबेसी गरेको जुलुसमा प्रहरीले लाठी प्रहार गरि एक-एक गरि नेवि संघ कार्यकर्तालाई लखेटेको थियो ।

सरकार आश्चर्य जनक रुपमा मुल्य बृद्धि गर्ने, लोकतान्त्रिक विधि अन्तरगत शान्तिपूर्ण विद्यार्थी आन्दोलन गर्ने विद्यार्थी माथि प्रहरी क्रूर दमन गर्ने अवस्था गम्भिर बन्दै आएको नेविसंघ धादिङका अध्यक्ष इश्वर अधिकारीले बताए ।

बलिदानीबाट सृजित लोकतन्त्रलाई रक्षा गर्न कम्युनिष्ट आधिनायकको रवैयालाई नेबि संघले बुझेको बताउँदै, नेविसंघले उठाएको मुल्यबृद्धिको विरुद्ध आन्दोलन सम्पूर्ण नेपालीको भएकोले सबैको सहयोग र साथ रहेको बेला बहुमतको उन्मातमा सृजित गतिविधिहरुलाई प्रहरीले पनि आँखा चिम्लेर सहयोग नगर्न आग्रह गर्दै आम नेपाली विद्यार्थीहरुको आन्दोलनलाई सहयोग गर्न आग्रह गरेका थिए ।