
धादिङबेसी जेष्ठ २९ । धादिङबेसीमा रसियामा हुन गहिरहेको विश्वकप नजिँकदै गर्दा अर्जेन्टिनाको समर्थकहरुले मोटरसाईकल र्याली गरेका छन् ।
विश्वभर विश्वकपको रौनक बढ्दै गएको छ, धादिङमा पनि विभिन्न देश र समर्थहकरुले आफुले समर्थन गर्ने देश र खेलाडीको पोशाक लगाउने क्रम बढ्दो रहेको अवस्थामा अर्जेन्टिनाको समर्थकहरुले मोटरसाईकल र्याली गरेका हुन् ।
केहि दिन पहिला ब्राजिलका समर्थकहरुले सिरान बजारको एक होटलमा भेला भई सामुहिक तस्वीर खिचाएका थिए ।
र्यालीमा वार एशोसिएशन धादिङका पूर्व अध्यक्ष विश्वराज अधिकारी, प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी, गणित शिक्षा परिसद धादिङका सचिव उत्तम भट्ट, धादिङका फुटबल स्टाइकर अनमोल भन्डारी, फुटबल खेलाडीहरु भिषण श्रेष्ठ, अनिल भण्डारी, राजन भण्डारी लगायतका व्यक्तिहरु समेत अर्जेन्टिनाको जर्सी लगाएर र्यालिमा सहभागि भएका थिए ।

विश्वकपमा सबै राम्रा टिमहरु पुगेका छन्, सबै एक्से एक राम्रा छन्, फाइनलको बाजी जस्ले पनि मार्न सक्छ तर विश्व जगतका उत्कृष्ट सावित मेसीले यो पटक चमत्कार देखाउने आशाका साथ अर्जेन्टिनाको समर्थनमा आफु पुगेका प्याब्सन अध्यक्ष गोविन्द बुढाथोकीले बताए ।
यस्तै गणित शिक्षा परिषदका सचिव उत्तम भट्टले हामी सँग कुरा गर्दै भने, र्याली समर्थकहरुको संख्या देखाउन नभइ १ दिन पछि हुने विश्वकपको प्रचार गरेको बताए ।
